advertisement
Send Us

काठमाडौँ–भद्रपुर उडान सेवा सुरु

Click Link to Send:
Click Link to Send:

झापा, २३ पुस । निजी क्षेत्रको आन्तरिक वायु सेवा कम्पनी सौर्य एयरलाइन्सले आजदेखि नियमित काठमाडौँ–भद्रपुर उडान सेवा सुरु गरेको छ ।

नेपाली आकाशमा आन्तरिक निजी उडानको रुपमा भित्रिएको सिआरजेट २०० इन्जिन नामक ५० सिट क्षमताको विमानले भद्रपुरबाट नियमित दैनिक उडान सेवा सुरु गरेको हो ।

यसअघि नै काठमाडौँ र विराटनगरबाट दैनिक दुई उडान भर्दै आएको सौर्य एयरलाइन्सले पहिलो चरणमा काठमाडौ–भद्रपुर–काठमाडाँैका लागि एउटा विमानबाट सेवा दिने जनाएको छ ।

भद्रपुरमा पहिलो पटक विमानले यात्रु बोकेर ल्याएपछि यात्रुलाई एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी कमल थापा, प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, उद्योगी, व्यापारीहरुले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । साथै भद्रपुरबाट काठमाडाँै हवाइ यात्रा गर्ने यात्रुहरुलाई पनि खादा लगाएर बिदाइ तथा सम्मान गरिएको थियो ।

झापाका सक्रिय युवा उद्यमीको लगानीमा भित्र्याइएको यो विमानले भद्रपुरदेखि काठमाडौँसम्मको सुरक्षित यात्रा २७ देखि ३० मिनेटको समयभित्र सम्पन्न गर्ने बताइएको छ । चाँडै भद्रपुरदेखि काठमाडौँका लागि थप अर्काे एक विमानले सेवा सुरु गर्ने लक्ष्य राखिएको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताउनुभयो ।

उक्त कम्पनीले भद्रपुरपछि नेपालगञ्ज र धनगढीमा आफ्नो सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement